Wednesday, April 20, 2011

"अन्तर्जातिय विवाह र दलित सन्दर्भ" blogged on 7/22/08

मैले सन् २००४-५ तिर डकुमेन्ट्रीको लागि यौटा विषय वस्तु बन्न सक्ने संभावना भनेर "अन्तर्जातिय विवाह र दलित सन्दर्भ" शीर्षकमा प्रस्तावना दलित एन जी ओ फेडेरेसन, कास्कीका संयोजक डि बि नेपाली जीलाई बुझाएँ । वहाँलाई अवधारणा मन पर्यो केन्द्रमा कुरा राख्छु भन्नु भयो, त्यो भन्दा पहिले हाम्रो कुनै चिनजान र संपर्क नरहेकोले मैले उति विधि आश पनि गरिनँ । तर लगभग एक वर्ष पछि एकदिन "डकुमेन्ट्रीको प्रस्ताव स्वीकृत भयो, आउनु होस् "भनेर वहाँले फोन गर्नु हुँदा असाध्यै खुशी लाग्यो । जिनेश यु के जाने धपेडीमा थियो, सुरजले थोरै बहुत साथ दिन्थ्यो, सबै काम एक्लै गरें तर फिल्डमा जान डि बि जी ले राम्रो साथ दिनु भयो । पछि पृथ्वीचोकको यौटा होटलको सभाकक्षमा यसको प्रदर्शनी र छलफल पनि भयो । त्यस अर्थमा सार्वजनिक प्रदर्शनी भएको मेरो पहिलो डकुमेन्ट्री भन्नुपर्छ यसलाई ।

0 comments:

Post a Comment