Friday, April 22, 2011
Wednesday, April 20, 2011
Maya Maari Jaane Mayalu!
इतिहास जित्ने हरुको लागि !- प्रणय लिम्बु blogged on 5/24/08
सन २००२ तिरको कुरा हो, प्रणय लिम्बु र रुद्र गुरुङ्ग आभासमा आफ्नो पहिलो वृत्तचित्र The Crime and Correction शीर्षकको डकुमेन्ट्री लिएर आउनुभएको थियो, हामी Television production and Direction का प्रशिक्षार्थीहरु माझ । उर्लाबारी हत्या र त्यसको छानबिनसँग सम्बन्धित् त्यस डकुमेन्ट्रीमा crime त थियो तर correction थिएन । तर प्रणय लिम्बुको ब्यक्तित्व र प्रभावशाली वाकशैलीलाई मैले प्रशंसा गरेको थिएँ, डकुमेन्ट्री सम्बन्धि राय बुझ्ने क्रममा सबैले आलोचना गरे पनि मैले सह्राएको थिएँ ।
केही वर्ष पछि जब मैले संचार माध्यम मार्फत् प्रणय लिम्बुले कुबेर अंकलको बारेमा डकुमेन्ट्री बनाएको सुनें, खुशी लाग्यो ,विस्मात पनि लाग्यो । कुबेर राईलाई मैले पनि आफ्नो डकुमेन्ट्रीको पात्र कल्पना गरेको थिएँ,वहाँलाई म व्यक्तिगत रुपले धेरै चिन्दथें । डकुमेन्ट्री हेर्न ज्यादै उत्सुक थिएँ तर हेर्न भने पाएको थिइनँ । धेरै पछि you tube मा हेर्न पाएँ, खुशी लाग्यो । खबर सुने देखि नै प्रणय दाइलाई बधाइ र धन्यवाद दिऊँला भनेको,साइत जुरेको छैन । थोरै कमीको बावजूद डकुमेन्ट्री धेरै राम्रो लाग्यो । प्रणय र टिमको उत्तरोत्तर सफलताको कामना गर्दछु ।
The Honey Hunter- By Gore Gurung blogged on 5/24/08
गोरे गुरुङ्ग, नजानिंदो गरी अत्यन्तै लोकप्रिय नाम हो । नेपालका मूलप्रवाहका संचार माध्यममा उनको चर्चा छैन तर उनको आफ्नै दर्शक छन्, यो भने निर्विवाद छ । मैले उनको यौटा भिडियो फिल्म हेरेको थिएँ । पोखराको ब्लु आइ स्टुडियोमा मैले वहाँलाई The Honey Hunter को सम्पादनको तल्लीन अवस्थामा भेटेको थिएँ, अति सरल र सहज ब्यक्ति । म युग गुरुङ्गजीलाई भेट्न गएको थिएँ , युगजी पनि मजाको मान्छे हुनुहुन्छ, वहाँले गोरे दाइसँग परिचय गराउँदै यस डकुमेनट्रीका केही दृश्यहरु देखाउँदै क्यामेरा कलाको प्रशंसा गर्नुभएको थियो ।